अज्ञानता हटाउने नै गुरु : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अज्ञानता हटाउने व्यक्ति नै गुरु भएको बताउनुभयो । गुरु पूर्णिमाको अवसरमा आज उहाँले सन्देश जारी गरी सम्पूर्ण गुरुहरुप्रति श्रद्धासुमन व्यक्त गर्नुभएको हो ।

‘ज्ञान प्रदान गरी अज्ञानता हटाउने व्यक्ति गुरु हुनुहुन्छ,’ उहाँले जारी गर्नुभएको सन्देशमा भनिएको छ, ‘गुरु पूर्णिमा तथा व्यास दिवसको अवसरमा सबैलाई शिक्षा, ज्ञान, चेतना र नैतिकताको सत्मार्गमा हिँड्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’ ज्ञान र शिक्षा प्रदान गरी सत्यमार्गमा हिडाउने गुरुहरु प्रति सन्देशमार्फत नमन गर्नुभएको छ ।

ऋग्वेद, यजुर्वेद, सामवेद र अर्थववेद गरी वेद, १८ पुराण र १८ उपपुराणको रचना गर्ने वेदव्यासको सम्झनामा आजकै दिन व्यास जयन्तीसमेत मनाउने परम्परा छ ।

Back to top button