माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु

मोरङ । बेलबारी नगरपालिकास्थित कयार खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जनाको मृत्यु भएको छ । बेलबारी ६ का ६३ वर्षीय पदम बहादुर गुरुङको मृत्यु भएको हो ।

खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Back to top button