
इलाम । इलाम नगरपालिका १ नेपालटारमा घर बनाउन ठड्याएर राखेको सिमेन्टको पिलर लडेर एक बालकको मृत्यु भएको छ । इलाम नगरपालिका ६ खरेलडाडाका बचासदिप रिजालको छोरा ८ वर्षीय छोरा ग्रेसधीफ रिजालको मृत्यु भएको हो ।
इलाम १ हर्क बहादुर गुरुङको घरमा डेरा गरी बस्दै आएको बचासदिपको छोराले खेल्ने क्रममा घर बनाउनको लागी भित्तामा ठड्याएर राखेको सिमेन्टको पिलर अचानक लड्दा किचिएर गम्भिर घाईते बालकको उपचारको लागी जिल्ला अस्पताल ईलाम लग्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।