भारतीय रुपैयाँ र अमेरिकन डलरसहित दुई जना भारतीय नागरिक पक्राउ

मोरङ । भारतबाट नेपालतर्फ आउने क्रममा विराटनगर महानगरपालिका १७ मटेरुवाबाट प्रहरीले दुई जना भारतीय नागरिकलाई भारतीय रुपैयाँ र अमेरिकन डलरसहित पक्राउ गरेको छ । भारतको उत्तर प्रदेशको लखनउ का ३४ वर्षीय अतुल कुमार र ३५ वर्षीय सन्दिप सिंह रोयलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आइरहेका अतुल र संदिपलाई चेक जाँच गर्ने क्रममा ५ सय दरको १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ र २ हजार २१४ अमेरिकन डलर बरामद भएको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताउनुभयो ।

Back to top button