लागूऔषधसहित पक्राउ

मोरङ । विराटनगर महानगरपालिका १६ दरैयाबाट प्रहरीले लागूऔषधसहित एक जनलाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका ६ मिलनचोकका २२ वर्षीय रमेश पाचकोटीलाई पक्राउ गरेको हो ।

लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले रमेशलाई एभिल १५ एम्पुल, लुपिजेसिक १५ एम्पुल, डाइजाल्याप १५ एम्पुल र फेनारगन १५ एम्पुल सहित पक्राउ गरी कारबाहीका लागि ईलाका प्रहरी कार्यालय रानीलाई बुझाएको छ ।

Back to top button