गठबन्धन भत्काउने प्रयत्न भइरहेको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ताधारी दलहरुको गठबन्धन भत्काउन प्रयास भइरहेको बताउनुभएको छ ।

संसद विघटनविरुद्धको संघर्षमा बनेको गठबन्धनलाई आफूले बचाउन प्रयत्न गर्दै आइरहेको भन्दै उहाँले एमालेभित्रबाट त्यसलाई भत्काउन खोजेको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्माचार्यको ८औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गठबन्धन भत्काउने उद्देश्यले एमसीसीमा भिडाएर झगडा गराउन खोजिएको बताउनुभयो ।

उहाँले गठबन्धन भत्काउने कसरतकै कारण भीम रावलले राजिनामा दिएको इङ्गित गर्नुभयो । उहाँले भन्नुभयो,‘ राजीनामा प्रकरणले थाहा हुन्छ गठबन्धनमा राम्रो भूमिका खेलेका, बडो स्पिरिटका साथ काम गरेका साथीहरु पनि ढले । त्यतिकै ढलेका होइनन्, बडो गम्भीर ढंगले चीजहरु भएका छन् ।’

अहिले कांग्रेस र कम्युनिस्ट भनेर भत्काउन खोजिँदैछ भन्दै उहाँले भन्नुभयो । यस्तै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ४९ जना सांसदलाई नै मन्त्री चाहिएको भन्दै मन्त्री बन्नेको भीड छिचोलेर हिँड्न आतंक भएको बताउनुभयो ।

Back to top button