भारतबाट ल्याएको स्रोत नखुलेको ४० लाख बरामद

झापा । जिल्ला प्रहरी कार्यालय झापाको टोलीले भारतबाट अबैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको स्रोत नखुलेको ४० लाख ३७ हजार ६ सय ७० रुपैया कुमरखोदबाट बरामद गरेको छ । झापा गाउँपालिका २ का ४६ वर्षीय गौरी मण्डललाई उक्त रकमसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मण्डललाई नियन्त्रणमा लिएर थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Back to top button