जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु

इलाम । फाकफोकथुम गाउँपालिका १ लुम्सुङवाङमा जंगली च्याउ खाँदा बाबुछोराको मृत्यु भएको छ । स्थानीय ५१ वर्षीय लेखबहादुर लिम्बु र उनका १२ वर्षीय छोरा दिवस लिम्बुको मृत्यु भएको हो ।

घर नजिकैको जंगलबाट च्याउ ल्याएर तरकारी पकाएर खाँदा बाबुछोरा बिरामी भएको स्थानीयले बताउनुभएको छ । बिरामी भएका बाबुछोरालाई उपचार गराउन लग्न छोडेर २/३ दिन घरमै राखेर झारफुक गराएर राखेको जिल्ला प्रहरी इलामले जनाएको छ ।

झारफुकले निको नभएपछि उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल लगिए पनि उपचार संभव नभएपछि घर ल्याउने क्रममा दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Back to top button