नक्कली नो–अब्जेक्शन लेटेर प्रयोग गरी युक्रेन जाान खोज्ने एक जना पक्राउ

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली नो अब्जेक्शन लेटेर प्रयोग गरेर युक्रेन जान लागेका एक जनालाई सिनामंगलबाट पक्राउ गरेको छ । झापाको भद्रपुर नगरपालिका ९ घर भई काठमाडौं महानगरपालिका ९ बस्ने २४ वर्षीय सुमन राजवंशीलाई पक्राउ गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अर्कै व्यक्तिको नाममा जारी भएको एनओसी नम्बर ७७१२८९२ को नो–अब्जेक्सन लेटरमा विवरण किर्ते गरी आफ्नो नाम राखेर युक्रेन जाान लागेकोले प्रहरीले पक्राउ गरेको छ ।

Back to top button