धनकुटाको पञ्जेमा बस पल्टिदा ३ जना घाइते

धनकुटा । धनकुटाको हिले– भोजपुर सडकखण्ड अन्तर्गत पाख्रिबास ५ स्थित पञ्चेमा दिउँसो बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् ।

घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको र बाँकी १४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा परी घाइते भएकाहरुलाई उपचारका लागि अस्पवताल पठाइएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी नहकुल पोखरेलका अनुशार झापाको काकडभिट्टाबाट भोजपुर सदरमुकामका लागि जाँदै गरेको प्रदेश १–०१–००१ख–३४२९ नम्बरको बस दुर्घटना भएको थियो। बस आफै अनियन्त्रित भएर सडकमा पल्टिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

बसमा जम्मा ३५ यात्रु सबार रहेको बताइएको छ। घटनाको थप विस्तृत विवरण आउन बाँकि छ ।

Back to top button