पक्ष विपक्ष दुवै मेरालागि जसपा हो :  रेशम चौधरी

काठमाडौं । जसपा आधिकारिकता विवादमा सनाखत गर्न जेलबाट सिधै निर्वाचन आयोगमा पुगेका रेशमलाल चौधरी दुवै पक्षमा सनाखत नगरी तटस्थ बस्नुभएको छ ।

महाभारतको युद्दको प्रसंग जोड्दै महन्थ ठाकुरलाई भिष्म पितामहको संज्ञा दिएर उहाँले आफू दुवै पक्षमा नलागेको बताउनुभयो ।

चौधरीले आफ्नो नैतिकताले पक्ष विपक्षमा सनाखत गर्न नदिएको बताउनुभएको छ । उहाँले आफ्नो पक्ष र विपक्ष दुवै जसपा भएको बताउनुभयो ।

जेलबाट आएर आएर पक्ष विपक्षमा सनाखत गर्न नैतिकताले दिएन, उहाँले भन्नुभयो, ‘मेरो पक्ष पनि जसपा हो, विपक्ष पनि जसपा हो ।

’उहाँले आफू अझै पनि न्यायको पक्षमा रहेको भन्दै चौधरीले यसमा पार्टीका सबै नेताको सहयोग रहने आफ्नो अपेक्षा रहेको बताउनुभयो ।

Back to top button