जसपाको कार्यकारिणी समितिमा ठाकुर भन्दा यादव पक्षमा दोब्बरभन्दा बढी सदस्य

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको टाउको गन्दा (हेड काउन्ट) महन्थ ठाकुर पक्षको तुलनामा उपेन्द्र यादव पक्षमा दोब्बरभन्दा बढी संख्या देखिएको छ ।

निर्वाचन आयोगले आज गराएको हेट काउन्टको सनाखतमा यादवका पक्षमा ३४ जनाले सनाखत गर्दा ठाकुरका पक्षबाट १६ जनाले मात्र गरेका छन् । ५१ जनाको कार्यकारिणी समिति सदस्यमध्ये रेशमलाल चौधरी भने तटस्थ बस्नुभएको छ ।

कार्यकारिणी समिति सदस्यहरुको मत विभाजनबारे आयोगले अहिलेसम्म केहि नभनेपनि जसपाको आधिकारिकता सम्बन्धी मुद्दामा आजै फैसला दिने अपेक्षा गरिएको छ ।

Back to top button