पैसा दोब्बर बनाइदिन्छु भन्दै ठगि गर्ने एकजना पक्राउ

विराटनगर । जति पैसा आफुलाई दिन्छौं त्यसको दोब्बर बनाईदिन्छु भन्दै ठगि गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ८ अशोक चोकका ३५ वर्षीय चन्दनकुमार मुखिया रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुशार गएको चैत २७ गते मुखियाले स्थानीय ३१ वर्षीय राजकुमार राईसँग २ लाख २० हजार रुपैयाँ झुक्याएर ठगि गरि फरार भएका थिए । उनलाई प्रहरीले आज दिउँसो पक्राउ गरेको हो ।

मुखियाले रायलाई पैसा डबल बनाई दिन्छु भनि २ लाख २० हजार लिएर १ बाल्टिन चोखो पानी ल्याउन अर्‍ हाएका थिए । रायले चोखो पानी ल्याएपछि २ वटा सुनौलो रङ्गको कागज झिकी पोको बनाई २ वटा केमिकल र सिरिन्ज दिँदै २४ घण्टामा यो पोकोमा सिरिन्जबाट केमिकल हान्नु पैसा डवल हुन्छ भन्दै पैसा लिएर फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक्र श्रेष्ठका अनुशार पक्राउ परेका मुखियालाई ठगी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

Back to top button