मनसुन सक्रीय, प्रदेश १ लगायतका चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान

काठमाडौं । मुलुकमा पुनः मनसुन सक्रीय भएको छ । मौसम पूर्वानुमान महाशाखाले सक्रीय भएको मनसुनले आज प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको पूर्वानुमान गरेको छ ।

आज बिहानदेखि राातीसम्म बदली रहने पूर्वानुमान गरिएको छ । सामान्यदेखि केही ठाउँमा भारी वर्षाको संभावना रहेकाले तटीय क्षेत्र तथा पहिरोको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन महाशाखाले सचेत गराएको छ ।

Back to top button