मन्त्रीपरिषद विस्तार गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री देउवाबिच छलफल

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको आधिकारिकता विवाद टुङ्गिए लगत्तै मन्त्रिपरिषद विस्तार गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबिच छलफल भएको छ ।

विहान प्रधानमन्त्री निवासमा मन्त्रीपरिषद विस्तार र समसामयीक अन्य विषयमा छलफल भएको हो । कांग्रेस पार्टीमा पनि सरकार विस्तारका बारेमा छलफल हुने नेताहरुले बताएका छन् । देउवाले पार्टीमा सल्लाह नगरी मन्त्रीहरु नियुक्त गरेकोमा कांग्रेसभित्र असन्तुष्टी छ । यसअघि प्रचण्डले गठबन्धनका अन्य नेतासँग पनि छलफल गर्नुभएको थियो ।

आधिकारिकता उपेन्द्र यादव पक्षले पाएसँगै तत्काल जसपा सरकारमा जाने भएको छ । यसअघि गठबन्धनका शीर्ष नेताहरु देउवा र प्रचण्डसहित माधवकुमार नेपाल, उपेन्द्र यादव र चित्रवहादुर केसीबीच पनि छलफल भएको थियो । यद्यपि अझैपनि गठबन्धनमा छलफल जारी रहेकाले मन्त्रिपरिषद् विस्तार गर्न केही समय लाग्ने बताइएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएसंगै कांग्रेस र माओवादीबाट २–२ जनालाई मन्त्री बनाउनुभएको थियो । त्यसपछि दुई दिन अघि देउवाले एक जना राज्यमन्त्री थप्नुभएको छ ।

Back to top button