घुसपैठ गरी खोप लगाउनेको घुइँचो (तस्बिरहरु)

विराटनगर । चीन सरकारसँग खरिद गरेर ल्याएको भेरोसेल खोप अहिले मुलुकभरि ५५ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई लगाउने सरकारी नीति छ । तर अहिले खोप लगाउनेको लाइनमा ५५ वर्ष माथिका उमेर समूहका व्यक्तिहरु देखिदैनन् । खोप लगाउनेमा युवाहरु नै तछाडमछाड गरिरहेको छ । जसले लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएको छ ।

जिल्ला खोप समन्वय समिति मोरङका संयोजक तथा प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले लक्षित वर्गले खोप लगाउन नपाइरहेको स्विकार्नुभयो । उहाँले आफूले पनि विराटनगर महानगरस्थित खोप केन्द्रहरुमा अनुगमन गर्ने क्रममा खोप लगाउने लाइनमा लक्षित वर्ग नभएको पाइएको बताउनुभयो ।

‘स्थानीय तहहरुमा रहेका राजनीतिक नेतृत्वले यस्तो भएको की वा अरु कारणले घुसपैठ गरेर खोप लगाइरहेको बारे छलफलमा जुटेकाा छौं,’ प्रजिअ निरौलाले भन्नुभयो, ‘लक्षित वर्गलाई मात्रै खोप लगाउनका लागि कडा अनुगमन गरेर अघि बढ्ने नीति लिएका छौं ।’

Back to top button