जसपाद्वारा लुम्बिनी प्रदेशका तीन प्रदेश सांसदलाई कारबाही

काठमाडौं । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकारलाई सघाएका तीन जना प्रदेश सांसदलाई कारबाही गरेको छ । जसपाको कार्यकारणी समिति बैठकले प्रदेश सांसद सन्तोषकुमार पाण्डे, विजयबहादुर यादव र कल्पना पाण्डेलाई कारबाही गरिएको हो ।

कारबाहीमा परेका तीनै जना महन्थ ठाकुर पक्षका हुन् । प्रदेश सरकारमा सहभागी उहाँहरुलाई यसअघि पनि कारबाही गरिएको तर सर्वोच्च अदालतजे पद जोगाइदिएको थियो । पोखरेल नेतृत्वको सरकारमा सहभागी भएका प्रदेश सांसद सुमन शर्मा रायमाझीले केही समय अघि नै राजिनाम दिएर कित्ता प्रष्ट पारेकाले उहाँलाई कुनै कारबाही गरिएको छैन ।

Back to top button