सिन्धुलीको युद्ध संग्राहलय राष्ट्रपतिद्धारा उद्घाटन

सिन्धुली । सिन्धुलीको सिन्धुलीगढीमा निर्माण गरिएको युद्ध संग्रालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको छ । उहाँले रिबन काटेर युद्ध संग्राहलयको उद्घाटन गर्नुभएको हो ।

संग्राहलय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले करिब सात करोड रुपैयाँको लागतमा निर्माण गरिएको हो ।

सङ्ग्राहलयमा युद्धकालीन अवस्थाका पात्र, सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र, चरणबद्ध युद्धका चित्र, तत्कालीन युद्धमा प्रयोग भएका घरेलु हतियार, युद्धकालीन हातहतियार, अङ्ग्रेजहरूले प्रयोग गरेका तोप, नेपाली योद्धा, बेलायती योद्धा, नेपाली योद्धाका कलाचित्र, मिथिला कला, बेलायतीहरुको नाममा बनाइएका स्तम्भ, युद्धकालीन शिलालेख, ऐतिहासिक दस्तावेज तथा इतिहासका पुस्तकालय राखिएको छ ।

तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले २०७३ कात्तिक २४ गते युद्ध संग्राहलयको शिलन्यास गर्नुभएको थियो ।

Back to top button