माओवादी केन्द्रले पद खासेका चार नेता संसद पुनर्बहालीको माग राख्दै सर्वोच्चमा

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित हुनुभएका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।

टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले आफूहरूलाई सांसद पदमा पुनर्बहालीको माग गर्दै आज सर्वोच्चमा रिट दर्ता गर्नुभएको हो । फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि उहाँहरू माओवादी छाडेर एमाले प्रवेश गर्नुभएको थियो ।

त्यसपछि माओवादीले पार्टीको विधान विपरित अन्य दलको राजनीतिमा सहभागी भएको देखिएको भन्दै उहाँहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारवाही गरेको थियो ।

प्रधानमन्‍त्री केपी ओली नेतृत्वको सरकारमा रायमाझी ऊर्जा, भट्ट उद्योग, साह सहरी विकास र चौधरी श्रम तथा रोजगार मन्‍त्री हुनुहुन्थ्यो ।

Back to top button