प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने एमालेका सांसदहरु आन्तरीक छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल सहितका २२ जना सांसदहरुको छलफल शुरु भएको छ ।

गठबन्धनमा बनेको सरकारलाई पूर्णता दिने सहमति भएलगत्तै नेपाल समूह आन्तरिक छलफलमा जुटेको हो । वरिष्ठ नेता नेपालसहित २२ जनाले प्रधानमन्त्री देउवालाई प्रधानमन्त्री कायम राख्न विश्वासको मत दिनुभएको थियो ।

छलफलले सरकारमा सहभागिताको विषयमा थप छलफल गर्दै रणनिती तय गर्ने बताइएको छ । आज भएको गठबन्धनको बैठकमा नेता नेपाल आफु सहभागी नभएर विजय पौडेललाई प्रतिनिधि पठाउनुभएको थियो ।

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हरसम्भव नेपाल पक्षलाई सरकारमा लैजाने कसरतमा रहेको छ ।

Back to top button