कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि समय थप

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठकले क्रियाशील सदस्यता विवाद समाधानका लागि क्रियाशील सदस्यता छानबिन समितिलाई २४ घण्टाको समय थप गरेको छ ।

कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको बूढानीलकण्ठ निवासमा आज बसेको पार्टी पदाधिकारी बैठकले समितिलाई विवाद समाधानका लागि समय दिएको हो । हिजोको पदाधिकारी बैठकमा समितिले क्रियाशील सदस्यता छानबिन गरी प्रतिवेदन बुझाएको थियो ।

रमेश लेखकको संयोजकत्वमा गठित समितिमा केन्द्रीय सदस्य आनन्द ढुङ्गाना, जीवन परियार, श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ र योगेन्द्र चौधरी सदस्य छन् । कांग्रेसमा १४ औँ महाधिवेशनका लागि पार्टीको क्रियाशील सदस्यता संख्या आठ लाख ५२ हजार ७११ पुगेको छ ।

पार्टीका केन्द्रीय सदस्य लेखकले छानविन सदस्यले सामान्य ऋुटी मात्रै मिलाउने बताउनुभयो ।

Back to top button