वृद्धा भत्ता थाप्न गएका वृद्धको लडेर मृत्यु

सुनसरी । वृद्धा भत्ता थाप्न गएको बर्जु गाउँपालिका ६ शुक्रहाटटोलका एक वृद्धको आज लडेर मृत्यु भएको छ । स्थानीय ६८ वर्षीय खटर मण्डलको मृत्यु भएको हो ।

वडा कार्यालयमा वृद्धा भत्ता थाप्न गएका मण्डलले वडा कार्यालय अगाडि बन्द रहेको चिया पसलको बेन्चमा बस्ने क्रममा लडेर अचेत हुनुभएको थियो । इलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको टोलीले मण्डललाई उपचारको लागि कोशी अस्पताल विराटनगरमा भर्ना गरिएको तर उपचारको क्रममा उहाँको मृत्यु भएको जिल्ला प्रहरी सुनसरीले जनाएको छ ।

Back to top button