जसपामा मन्त्री छान्न तीन शिर्ष नेतालाई जिम्मेवारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री छान्नका लागि शिर्ष तीन नेतालाई जिम्मेवारी दिने निर्णय गरेको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईलाई जिम्मेवारी दिएको हो ।

सत्तारुढ गठबन्धनको आज बिहान बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारमा सहभागिताका लागि मन्त्री तत्काल पठाउन आग्रह गर्नुभएको थियो ।

Back to top button