पार्टी महाधिवेशन तोकिएकै समयमा हुन्छ : सभापति देउवा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी महाधिवेशन तोकिएकै समयमा हुने प्रतिबद्धता जनाउनुभएको छ । उहाँको बुढानिलकण्ठ निवासमा बसेको पदाधिकारी बैठकमा महाधिवेशन कुनैपनि हालतमा नसर्ने प्रतिबद्धता जनाउनु भएको हो ।

‘पार्टी महाधिवेशनको भदौ १६ को मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन,’ उहाँले भन्नुभयो, ‘भदौ १६ गतेको तालिका प्रभावित नहुने गरी महाधिवेशनको अर्को कार्यतालिका चाँडै सार्वजनिक गर्छौं ।’ सभापति देउवाले भदौ १६ गते नै महाधिवेशन गर्ने प्रतिबद्धता जनाए पनि पार्टीका शिर्ष नेताहरु उक्त मितिमा महाधिवेशन हुनेमा आशंका व्यक्त गर्नुभएको छ ।

Back to top button