प्रदेश १ मा कोरोना संक्रमण उच्च, ११ पालिका सिल

विराटनगर । प्रदेश १ मा संक्रमण दर दिन प्रतिदिन बढ्दै गएपछि कोरोना, रोकथाम र नियन्त्रणका लागि ११ वटा पालिका सिल गरिएको छ । झापामा २ हजार ७८६ सक्री संक्रमित भएपछि संक्रमण उच्च भएका १० वटा पालिका सिल गरिएको हो ।

शिवसताक्षी, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, दमक, बिर्तामोड, मेचीनगर, हल्दिबारी, कमल र गौरादह सिल गरिएको छ । यस्तै मोरङको उर्लाबारीमा पनि संक्रमण दर उच्च भएपछि सिल गरिएको हो ।

स्थानीय तहहरुले कन्ट्याक्ट ट्रसिङ गरेर संक्रमित पहिचानको कामलाई तिब्रता दिएको छ । स्थानीय तहहरुले संक्रमितलाई आइसोलेसनमा राखेर उपचारसमेत थालेको छ ।

Back to top button