एकातिर पार्टी एकता अर्कोतिर छुट्टाछुट्टै बैठक र भेला

काठमाडौं । नेकपा एमालेका दोस्रो तहका नेताहरुले आ–आफ्ना भविष्यलाई लिएर जस्तोसुकै मूल्यमा पनि पार्टी एकता जोगाउन प्रयत्नरत छन् । तर अर्कोतिर पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आ–आफ्ना छुट्टाछुट्टै भेला र बैठक गर्दै आउनुभएको छ । यसले पार्टी एकता थप पेचिलो बन्दै गएको हो ।

अध्यक्ष ओलीले आज दिउँसो स्थायी कमिटी बैठक बोलाएर केन्द्रीय विभाग गठन र विधान महाधिवेशनको बारेमा छलफल गर्न लाग्नु भएको छ भने अर्कोतिर नेपालले अखिल फोर्सको बृहत् भेला आयोजना गर्नुभएको हो ।

ओलीले ब्यूँताउनुभएको युथ फोर्सको विकल्पमा नेपालले अखिल फोर्स र पिपुल्स भोलेन्टियर्स घोषणा गर्नुभएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आ–आफ्ना पक्षको अस्तित्व जोगाउन हरेक थोक दाउमा लगाए जस्तो बैठक र भेलाका लागि खटिरहेको देख्दा दोस्रो पुस्ताको प्रयत्न खेर जाने निश्चित देखिएको एक नेताले बताउनुभयो ।

Back to top button