भारतीय एसएसबीले तुइन काटेर युवक वेपत्ता घटनामा कांग्रेसको आपत्ति

काठमाडौं । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले एक नेपाली युवा महाकाली नदी तर्ने क्रममा तुइन काटेको घटनाप्रति कांग्रेसले आपत्ति जनाएको छ । एसएसबीले तुइन काट्दा ३२ वर्षीय जयसिंह धामी महाकाली नदीमा बेपत्ता भएका छन् ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले एसएसबीले तुइन काटेर भएको घटनालाई अमानवीय र आपत्तिजनक भन्दै दुःख व्यक्त गर्नुभएको छ । व्यास गाउँपालिकाबाट भारतको उत्तराखण्डको पांगल हुँदै खलंगा आउने क्रममा तुइनबाट महाकाली नदी तरिरहेको बेला एसएसबीले तुइन काट्दा धामी वेपत्ता भएको हो ।

प्रवक्ता शर्माले विज्ञप्ति जारी गरी घटनाको सम्पूर्ण वास्तविकता सार्वजनिक गर्न, भारतीय पक्षसँग यसबारेमा संवाद गर्न, आफ्नो नागरिकलाई न्याय दिलाउन, सम्बन्धित परिवारजनलाई राहत दिन र दिलाउन सरकारसँग माग गरेको छ ।

Back to top button