१० बुंदे सम्झौता गरेका कार्यदलका नेताहरु आन्तरिक छलफलमा

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद मिलाउन १० बुंदे सम्झौता गरेका विघटित कार्यदलका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले छुट्टाछुट्टै वैठक आह्वान गरेकोले बैठक बस्नु अगाडि उहाँहरु आन्तरिक छलफलमा जुट्नु भएको हो ।

सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदिप ज्ञवाली, भीम रावल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु आन्तरिक छलफलमा सहभागी हुनुभएको छ । दोस्रो तहका नेताहरु आ–आफ्ना राजनीतिक भविष्य सुरक्षित गर्न पार्टी अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच संवाद गराएर विवाद समाधानमा लाग्नु भएको हो ।

Back to top button