जसपा संदीय दलको नेतामा अध्यक्ष नै सर्वसम्मत

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको संसदीय दलको नेतामा अध्यक्ष उपेन्द्र यादव चयन हुनुभएको छ ।

संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले यादवलाई सर्वसम्मत नेता चयन गरेको सांसद मोहम्मद इस्तियाक राईले जानकारी दिनुभयो ।

यादवको प्रस्तावकमा संघीय परिषद अध्यक्ष डाक्टर बाबुराम भट्टराई र समर्थकमा महेन्द्र राय यादव रहनुभएको थियो । यादव एक्लैको उम्मेदवारी परेपछि उहाँ सर्वसम्मत दलको नेता चयन हुनुभएको हो ।

निर्वाचन आयोगले आधिकारिकता दिएपछि जसपाले संसदीय दलको नेता चयन गरेको हो । यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको थियो।

Back to top button