एमाले स्थायी कमिटी बैठक भोलीसम्मका लागि स्थगित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्णायक भनेर बोलाएको स्थायी कमिटीको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु भएको केहिबेरपछि नै भोलिसम्मका लागि स्थगित भएको हो।

बैठक सुरु हुनासाथ अध्यक्षले तपाइँहरुको छलफलको प्रगति के छ ? भनेर अध्यक्षज्यू ले सोध्नुभयो । मैले हालसम्म एकताका लागि भएको प्रयासहरूलाई राखे । त्यसपछि भोलिसम्म कुरौँ भनेर बैठक स्थगित गर्नुभयो’ संसदीय दलका उपनेता सुवास नेम्वाङले भन्नुभएको छ ।

सिंहदरबारमा आज बिहान बसेको विघटित कार्यदलको बैठकमा पार्टी एकताका लागि दुवै पक्ष सकारात्मक देखिएको उहाँले बताउनुभयो । बैठक भोलि दिउँसो ३ बजे बस्ने भएको छ।

Back to top button