प्रदेश १ मा ८०४ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८०४ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २९९ र १ हजार ४४५ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा सुनसरीमा १०५, मोरङमा १०४, झापामा ६९, धनकुटामा ९, उदयपुरमा ३, इलाममा २, पाँचथर, तेह्रथुम र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ ।

सुनसरीको धरानमा ८३, इटहरीमा १३, बराहक्षेत्रमा २, रामधुनी र इनरुवामा १–१ र स्थानीय तह नखुलेका ५, मोरङको विराटनगरमा ४३, लेटाङमा ३६, करोबारीमा १७, बेलबारीमा ४, उर्लाबारीमा २, कानेपोखरी र स्थानीय तह नखुलेका २ जनामा संक्रमण पुष्टि भएको हो ।

झापाको दमकमा ३३, भद्रपुरमा १७, मेचीनगरमा ६, विर्तामोडमा ४, बुद्धशान्ति, गौरादह र कमल गाउँपालिकामा २–२, बा¥हदशी, शिवसताक्षी र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटामा ५, पाख्रिवासमा ३, स्थानीय तह नखुलेका १, उदयपुरको चौदण्डीगढी, बेलका र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

इलामको चुलाचुलीमा २, पाँचथरको फिदिम, तेह्रथुमको मेन्छेयायम र संखुवासभाको खाँदबारीमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ४३१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१५ महिला र २१६ पुरुष छन् । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

Back to top button