तुइनबाट महाकालीमा नेपाली युवक वेपत्ता घटनामा एसएसबीको संलग्नता नभएको भारतीय पक्षको दावी

काठमाडौं । तुइन काट्दा नेपाली युवक महाकाली नदीमा वेपत्ता भएको घटनामा एसएसबीको संलग्नता नभएको भारतीय पक्षको दावी छ । दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले तुइन काटेको घटना बारे सोधेको पत्रको जावफमा भारतको पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले घटना सार्वजनिक भए जस्तो एसएसबीको संलग्नता नभएको जवाफ पठाएको हो ।

पत्रमा घटना भएको समयमा एसएसबी मालघाट क्षेत्रमा डियुटीमा खटिएको भए पनि युवक तुइनमा तर्न नसकेर आफै महाकालीमा खसेको दावी गरिएको छ । एसएसबीको उक्त घटनामा कुनै संलग्नता नभएको र युवकको खोजीका लागि समेत एसएसबीले सघाएको पत्रमा भनिएको छ ।

व्यास गाउँपालिका २ स्थित मालघाटमा तुुइन तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिदा जयसिंह धामी महाकाली नदीमा खसेर बेपत्ता भएका थिए ।

Back to top button