धितोपत्र बोर्ड अध्यक्षलाई अर्थ मन्त्रालयको ७२ घण्टे स्पष्टीकरण

काठमाडौं । अर्थ मन्त्रालयले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई ७२ घण्टे स्पष्टीकरण सोधेको छ । पत्रमा व्यक्तिगत लाभका लागि सेयर कारोबारमा चलखेल गरेको अध्यक्ष ढुंगानामाथि आरोप लागेपछि स्पष्टीकरण सोधिएको हो ।

नेपालमा पहिलोपटक बुक विडिङमार्फत सेयर जारी गर्न लागेको सर्वोत्तम सिमेन्टमा ढुंगानाकी छोरीको नाममा १२ हजार कित्ता सेयर नामसारी भएको पाइएपछि मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

Back to top button