विपक्षी दलद्वारा प्रदेश सरकार अल्पमत रहेको प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण

बुटबल । विपक्षी दलहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकार अल्पमत रहेको भन्दै प्रदेश प्रमुख अमिक शेरचनलाई ध्यानाकर्षण गराएको छ । विपक्षीहरु दलहरू नेपाली कांग्रेस , माओवादी, जनता समाजवादी पार्टी र जनमोर्चाका सांसदहरूले प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

गत वैशाख १६ गते माओवादी सरकारबाट बाहिरिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिनु पर्ने संवैधानिक प्रक्रिया पुरा नगरेको पत्रमा उल्लेख छ । पत्रमा मुख्यमन्त्री पोखरेलले संवैधानिक र कानुनी प्रक्रिया मिचेर अहिलेसम्म सरकारकाो नेतृत्व गरिरहेकोले तत्काल त्यसविरुद्धको प्रक्रिया सुरु गर्न प्रदेश प्रमुख शेरचनलाई ध्यानाकर्षण गराइएको हो ।

Back to top button