अमेरिकामा नेपाली युवकको मृत्यु

काठमाडौं । अमेरिकाको न्यूयोर्कमा पर्वतको २८ वर्षीय विपिन लम्सालको मृत्यु भएको छ । ५ बर्ष अघि अमेरिका आएर न्यूयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आएका लम्सालको जुलाई २७ मा एल्महर्स्ट अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएको लम्सालको उपचारको क्रममा मृत्यु भएको गैर आवाशीय नेपाली संघ अमेरिकाको न्यूयोर्क शाखाले जनाएको छ ।

Back to top button