लेटांग नगरपालिका सोमबारदेखि एक साता सिल

विराटनगर । मोरङको ल्टाङ नगरपालिकामा कोरोना संक्रमण बढ्दै गएपछि एक साता सिल गर्ने निर्णय गरेको छ । नगर कार्यपालिकाको बैठकले सोमबारदेखि २५ गतेसम्म सिल गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सेवाका साथै परीक्षा दिन जाने विद्यार्थीलाई प्रवेश पत्रको आधारमा अवागमनमा सहजीकरण गरिने नगरपालिकाको सूचनामा उल्लेख छ ।उर्लाबारी नगरपालिकाले पनि संक्रमण बढ्दै गएपछि नगर क्षेत्रलाई सिल गरेको छ । जिल्ला सिसिएमसीको बैठक आवश्यकता अनुसार स्थानीय तहलाई निषृधाज्ञा, लकडाउन र सिल गर्ने अधिकार प्रत्यायोजन गरेको छ ।

Back to top button