तुइन काटिएको घटनाप्रति गम्भिर आपत्ति जनाउन माओवादीको सरकारलाई आग्रह

काठमाडौं । भारतीय एसएसबीले तुइन काटिदिएर नेपाली युवक महाकाली नदीमा वेपत्ता भएको घटनामा सरकारलाई भारतसँग गम्भीर आपति जनाउन सत्तारुढ नेकपा माओवादी केन्द्रले आग्रह गरेको छ ।

माओवादी स्थायी कमिटीको आइतबार बसेको बैठकले घटनाको गम्भीरता पूर्वक छानबिन गर्नुपर्ने ठहर गरेको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतसँग गम्भीर आपत्तिसहित आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाउन सरकारसँग माग गर्ने निर्णय गरेको बताउनुभयो ।

व्यास नगरपालिका २ का जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तार काटिदिदा महाकाली नदीमा वेपत्ता भएका छन् ।

Back to top button