पथरीमा कोरोना विरुद्धको खोप लगाइदै

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरेमा ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका लागि कोरोना भाइरस विरुद्धको जोनसन खोप लगाउन थालिएको छ ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अध्यक्षतामा हिजो बसेको नगर खोप समन्वय समितिको बैठकले आज र भोली खोप लगाउने निर्णय गरेको थियो । सोहि निर्णय अनुशार आज देखि विभिन्न ७ केन्द्रबाट खोप सेवा सञ्चालन गरिएको हो ।

आज वडा १ का लागि वडाको शहरी स्वास्थ्य केन्द्र, ७ को सहरी स्वास्थ्य केन्द्र, ९ र ८ का लागि शनिश्चरे स्वास्थ्य चौकी, ५ नम्बरका लागि हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइएको स्वास्थ्य शाखा सहसंयोजक जगतप्रसाद मगरले जानकारी दिनुभयो ।

भोली वडा नम्बर २ का लागि नगर अस्पताल, ३ को सहरी स्वास्थ्य केन्द्र, ४ र १० का लागि शनिश्चरे स्वास्थ्य चौकी र ६ का लागि आधारभूत स्वास्थ्य केन्द्र मंगलबारेमा खोप लगाइने छ । साथै भूटानी शरणार्थीहरुका लागि १९ गते शरणार्थी शिविरमा खोप लगाइने निर्णय भएको छ । सो खोप एक पटक (एक डोज) मात्र लगाउनु पर्ने छ ।

खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका साथै १८ वर्षमाथिका अपाङ्गता भएका क र ख श्रेणीका व्यक्तिहरु, खोप अनिवार्य भएको बैदेशिक रोजगारमा जान चाहने व्यक्तिहरुले उमेर खुल्ने सहितका आवश्यक कागजात पेश गर्नु पर्ने निर्णय भएको छ ।

Back to top button