ए डिभिजनको भाका सार्दै पुरस्कार राशी ७५ लाख पुर्‍याइयो

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको भाका सार्दै अखिल नेपाल फुटबल संघले पुरस्कार राशीमा वृद्धि गरेको छ । असोज ३ देखि हुने भाका राखिएको प्रतियोगिता संघले अब कात्तिक २९ बाट गर्ने भएको छ ।

साफ च्याम्पियनसिपका कारण ए डिभिजन लिग दुइृ महिना पछि धकेलिएको छ । एनफाको आज बसेको बैठकले यसअघि लिग विजेताले पाउँदै आएको पुरस्कार राशीमा २५ लाख थप गरेर यस वर्षका विजेतालाई ७५ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ ।

उपविजेताले ५० लाख र तेस्रो हुनेले २५ लाख रुपैयाँ पाउने छन् । क्लबहरुले लिग तयारीका लागि २० लाख पाउने छन् । रुपैयाँ दिनेछ । १४ क्लबबीच सिंगल राउन्ड रोविनमा हुने लिगको पुछारमा रहने दुई टिम बी डिभिजनमा घटुवा हुने एनफाका एक अधिकारीले बताउनुभयो ।

Back to top button