एन्फाका सहायक महासचिवबाट अर्यालको राजिनामा

काठमाडौं । अखिल नेपाल फुटबल संघका सहायक महासचिवबाट वसन्तराज अर्यालले राजिनामा दिनुभएको छ । २०७७ माघ २६ गते काठमाडौंमा सम्पन्न साधारण सभाले आफ्नो विधान संशोधन गरी मनोनित पदहरु खारेज गरेकोले अर्यालले राजिनामा दिनुभएको हो ।

मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको राजीनामा प्रकरणका साथै प्रशिक्षक र एन्फा उपाध्यक्ष पंकज नेम्वाङबीच आन्तरिक विवाद संघभित्रै समाधान नगरी मन्त्रालयमा छानबिनका लागि पठाएकाले अर्यालले राजिनामा दिदै असन्तुष्टि जनाउनुभएको हो ।

Back to top button