प्रदेश १ लगायत चार वटा प्रदेशमा वर्षा हुने सम्भावना

काठमाडौं । नेपालमा मनसुनी वायुको प्रभावले आज प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर सामान्य वदली रही यी चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो । वर्षाले नदी, खोलामा बाढी आउनुका साथै पहाडी क्षेत्रमा पहिरो जाने सम्भावना रहेकोले सतर्क रहन महाशाखाले सबैलाई आग्रह गरेको छ ।

Back to top button