एमालेको विधान महाधिवेशनका लागि चार वटा कार्यदल गठन

काठमाडौं । एमालेले भदौ २७ र २८ गते विधान महाधिवशेनको आयोजना गर्ने निर्णय गरेको छ । महाधिवेशनको तयारीका लागि चार वटा कार्यदल समेत गठन गरेको हो ।

महाधिवेशनका लागि राजनीति मस्यौदा तयार गर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा, सङ्गठनात्मक प्रस्तावको मस्यौदाका लागि महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा, विष्णुप्रसाद पौडेलको संयोजकत्वमा विधान संंशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान महाधिवेशन व्यवस्थापन कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

चार वटै कार्यदलले तयार गरेको मस्यौदालाई अन्तिम रुपमा दिन आउँदो २४ गते केन्द्रीय कमिटीको बैठक बोलाउने समेत निर्णय गरिएको बैठकमा सहभागी एक नेताले बताउनुभयो ।

Back to top button