त्रिभुवन विश्वविद्यालयले परिक्षा नरोक्ने, भ्रममा नपर्न परिक्षार्थीलाई आग्रह

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रि.वि.)ले सञ्चालन भइरहेको कुनै पनि वार्षिक परीक्षा नरोक्ने जनाएको छ । त्रिविका परीक्षा नियन्त्रक पुष्पराज जोशीले परीक्षा नरोकिने बताउनुभयो ।

उहाँले मन्त्रालयले जे भने पनि त्रिविका परीक्षा सकिन लागेको भन्दै अब तीन वटा जति मात्रै बाँकी रहेकाले त्यसलाई नरोक्ने बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले परीक्षाका विषयसम्बन्धी सबै कार्यक्रमबारे सोच्नुपर्ने बताएपछि त्रिविले परिक्षा नरोक्ने स्पष्ट पारेको हो ।

परीक्षा नियन्त्रक जोशीले परीक्षार्थीहरूलाई नअलमलिन र भ्रममा नपर्न समेत आग्रह गर्नुभएको छ । अहिले कोरोनाले रोकिएको स्नातक तहको प्रथम वर्षको परीक्षा सञ्चालन भइरहेको छ।

राज्यमन्त्री श्रेष्ठले कोरोना संक्रमण बढ्दै गएकाले विश्वविद्यालय र कक्षा–१२ परीक्षाबारे आन्तरिक मूल्यांकनबाट समेत जान सकिने भन्दै परीक्षालाई व्यवस्थित गर्नलाई रोक्न सकिने बताउनुभएको थियो । कक्षा–१२ को परीक्षा भने साउन ३१ गतेदेखि सुरु गर्नेगरि राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको छ।

Back to top button