शरणार्थी शिविरमा कोरोना खोप

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका १० स्थित भूटानी शरणार्थी शिविरमा रहेका १८ वर्षमाथिका शरणार्थीहरुलाई आज कोरोनाविरुद्धको खोप लगाइएको छ ।

नगरपालिकाले ५० वर्षदेखि ५४ वर्ष उमेर समूहकासँगसँगै शरणार्थीहरुका लागि समेत खोप लगाउने संघीय सरकारको निर्देशन बमोजिम खोप लगाइरहेको हो । शरणार्थीहरुलाई जनसन एण्ड जनसन खोप लगाइएको नगरपालिकाले जनाएको छ ।

शनिश्चरे स्वास्थ्य चौकीका स्वास्थ्य प्राविधिकहरुले शिविरको ज्येष्ठ नागरिक भवनमा खोप लगाउने काम गरेको स्वास्थ्य चौकी इञ्चार्ज प्रकाश कार्कीले बताउनु भयो । शरणार्थीलाई प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितीमा खोप लगाउन सुरु गरिएको छ । सिविरमा १८ वर्षमाथि खोप लगाउने उमेर समूहका करीव ९ सय शरणार्थी रहेको कार्कीले बताउनुभयो ।

Back to top button