शिक्षक सेवा आयोगको अध्यक्षमा रेग्मी

काठमाडौं । मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गर्ने निर्णय गरेको छ । एक वर्षदेखि आयोग पदाधिकारी विहिन थियो ।

आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई नियुक्त गरिएको हो । आयोगमा पदाधिकारी नियुक्तीसँगै अवरुद्ध रहेको शिक्षक भर्ना प्रक्रिया सुरु हुने भएको छ ।

Back to top button