मिस कोशीमा ३० प्रस्तिस्पर्धी छनौट

विराटनगर । छैठौं संस्करणको मिस कोशी प्रतियोगितामा ३० जना प्रतिस्पर्धी छनौट भएका छन् । विराटनगर र इटहरीमा भएको पहिलो र दोस्रो चरणको अनलाइन र भौतिक उपस्थितिमा लिइएको अडिसनबाट ३० जना छनौट भएका हुन् ।

विराटनगरमा भएको दोस्रो चरणको अडिसनमा ९ जना सहभागि मध्ये ४ जना छनौट भए । यस्तै इटहरीमा भएको पहिलो चरणको अडिसनमा १५ जनामा ९ जना छनौट भएका हुन् । यसअघि सम्पन्न भएको पहिलो चरणको अडिसनबाट १७ जना छनौट भएको जय मिडिया म्यानेजमेन्ट प्रालिका अध्यक्ष जयराज रायले बताउनुभयो । दुई चरणको अडिसनदेखि फाइनलमा ३० जना प्रतिस्पर्धी पुगेका छन् ।

उक्त प्रतियोगिताको फाइनलमा ३५ जना प्रतियोगि छनौट गरिनेछ । थप पाँच जना प्रतियोगि अनलाइनबाट लिने तेस्रो चरणको अडिसनबाट छनौट गरिने आयोजकले जनाएको छ । ‘प्रतियोगितामा सहभागिता जनाउने इच्छुकहरूको लागि अनलाइन अडिसन हामीले खुल्ला गरेका छौं,’ सिइओ निशा खतिवडाले भन्नुभयो, ‘प्रतियोगितामा भाग लिने इच्छुक किशोरीले अनलाइनबाट पनि सहभागिता जनाउन सक्नुहुनेछ । सहभागि मध्ये उत्कृष्ट हुने किशोरीलाई फाइनलको लागि छनौट गरिनेछ ।’

किशोरीहरुमा भएको अन्तर्निहित प्रतिभा प्रष्फुटन गराउनुका साथै व्यातित्व विकास गराउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको फाइनल आगमी असोजमा हुनेछ । छनौट भएका किशोरीहरूको लागि महिना दिनको बन्द प्रशिक्षण भदौको दोस्रो हप्तादेखि सुरु हुने खतिवडाले बताउनुभयो । प्रतियोगिताको बिजेताले स्कुटी र विभिन्न गिफट ह्याम्परको साथै पोखरा भ्रमण गर्न पाइने आयोजकले जनाएको छ ।

Back to top button