ब्राउन सुगरसहित पक्राउ

झापा । गौरादह नगरपालिका १ गौरादह बजारबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय ३७ वर्षीय कृष्णकुमार ताजपुरिया पक्राउ परेको हो ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले मे७प ६७६७ नम्बरको मोटरसाईकलमा आएका ताजपुरियालाई चेकजाँच गर्दा ब्राउन सुगर ६ ग्राम बरामद भएको जिल्ला प्रहरी झापाले जनाएको छ ।

ताजपुरियाले गौरादह २ का ३९ वर्षीय सुमनकुमार कार्कीबाट बरामद ब्राउन सुगर खरिद गरेको बयान दिएको छ । ताजपुरियाको बयानका आधारमा प्रहरीले कार्कीको घरकोठामा तलासी गर्दा ब्राउन सुगर ३० ग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । कार्की फरार रहेकाले खोजी भइरहेको प्रहरीको भनाई छ ।

Back to top button