एमालेको भविष्यको निर्णय गर्न माधवकुमार नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको आन्तरिक विवाद टुंग्याउन माधव नेपाल पक्षका केन्द्रीय कमिटी बैठक आज ११ बजे बुद्धनगरस्थित एक ब्यांक्केटमा बस्दै छ । प्रतिनिधिसभा पुनस्र्थापित र नयाँ सरकार गठन भएपछि बस्न लागेको केन्द्रीय कमिटी बैठकलाई महत्वका साथ हेरिरहेको हो । आजको बैठकले एमाले फुट्ने र नफुट्ने निर्णय हुने नेताहरुको आंकलन छ ।

पार्टी एकता जोगाउन दोस्रो तहका नेताहरुले प्रयत्न जारी राखेको बेला नेपाल पक्षले बोलाएको केन्द्रीय कमिटीमा केन्द्रीय सदस्यहरुलाई सहभागी नहुन अध्यक्ष केपी शर्मा ओली आह्वान गरेको छ । यसले अहिलेसम्म दोस्रो तहका नेताहरुले पार्टी एकता जोगाउन गरेको प्रयास र प्रयत्न विफल भएको संकेत गरेको एक नेताले बताउनुभयो ।

नेपाल पक्षको केन्द्रीय कमिटी बैठक बस्नु अगाबै स्थायी कमिटी बैठक बसेर एजेण्डाहरु तय गर्ने बताइएको छ ।

Back to top button