जसपा महन्थ ठाकुर पक्षले प्रदेश २ बाट अगुवा कार्यकर्ता भेला शुरु गर्दै

काठमाडौं । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षले प्रदेश २ बाट आजदेखि अगुवा कार्यकर्ता भेला शुरु गर्ने भएको छ । पहिलो दिन प्रदेश २ का बारा, सप्तरी, सिराहा र महोत्तरीमा भेला गर्ने तय भएको हो ।

चारै जिल्लाका अगुवा कार्यकर्ता भेलालाई शीर्ष नेताहरुले सम्बोधन गर्नेहुनुभएको छ । सप्तरीमा राजेन्द्र महतो, केशव झा, वृषेश चन्द्र लाल र राजिव झाले सम्बोधन गर्नुहुने छ भने सिराहामा अनिलकुमार झा, डा. सुरेन्द्र झा, उमाशंकर अरगरिया, जयनुल राइनले सम्बोधन गर्ने कार्यक्रम छ ।

यस्तै महोत्तरीमा महन्थ ठाकुर, शरतसिंह भण्डारी र निर्जला राउतले सम्बोधन गर्नुहुनेछ भने बारामा लक्ष्मणलाल कर्ण, जितेन्द्र सोनल, बाबुलाल साह र रमेश पटेलले सम्बोधन गर्ने कार्यक्रम छ।

अर्का अध्यक्ष उपेन्द्र यादवलाई निर्वाचन आयोगले पार्टीको आधिकारिकता दिएपछि ठाकुर पक्षले जसपाकै ब्यानरमा देशैभर अगुवा कार्यकर्ता भेलाको आयोजना गरेको छ। भेला भदौ ९ सम्म देशका विभिन्न स्थानमा आयोजना गर्ने कार्यतालिका सार्वजनिक गरेको छ।

Back to top button