विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्समा पुनः अधिकारी

विराटनगर । विराटनगर एसोसिएसन अफ ट्राभल एजेन्ट्स (बाटा)को दोस्रो कार्यकालका लागि फडिन्द्र अधिकारीको नेतृत्वमा नयाँ कार्य समिति चयन हुनु भएको छ ।

नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य राजेन्द्र राउतको प्रमुख आतिथ्यमा सम्पन्न विशेष साधारणले उपाध्यक्षमा नबिन कार्की, महासचिवमा भागवत नेपाल, सचिवमा निना राई, कोषाध्यक्षमा भैरब रिजाल चयन हुनु भएको हो । सदस्यमा तुलसि नेपाल, नारायण पौडेल, हिमा गौतम, लक्षमण घिमिरे, नुतन राई, मन्दिप दाहाल चयन हुनु भएको नव निर्वाचित अध्यक्ष अधिकारीले बताउनुभयो ।

अधिकारी नेतृत्वको बाटाले प्रदेश सरकारसंगको सहकार्यमा माउन्टेन फ्लाइट, २० पर्यटन क्षेत्रका युबाहरुका लागि पर्यटक ब्यवहार बिकास तालिम बिराटनगर र दमकमा आयोजना गरिएको थियो । २०७४ र २०७५ सालमा धरानमा ईस्ट टुरिजम मार्ट सन्चालन, नेपाल भ्रमण बर्ष २०२० मा प्रदेशको कार्यक्रममा नेतृत्वदायी भुमिका निर्बाह, बिभन्न संघ सस्थाको सहकार्यमा कार्यक्रमहरु संचालन गरेका थिए ।

अधिकारीले दोस्रो कार्यकालको जिम्मेबारी पाएपछि ब्यवसायिक क्षमता अभिवृद्धि, पर्यटकीय गन्तव्यहरुको पहिचान प्रचार, प्रसार र प्रबर्द्धन, विराटनगरबाट प्रदेश १ का गन्तब्यहरुमा प्याकेज टुरको ब्यवस्थापन, सिमावर्ति क्षेत्रमा बजार बिस्तारको लागि ब्यवसायिहरुलाई उत्प्रेरित गर्ने योजना बनाउनु भएको छ ।

यस्तै, भिबिन्न खाले मार्टहरुमार्फत पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने, सबै पर्यटन सम्बन्धि कार्य गर्ने संघ सस्थाहरुसँग सहकार्य गर्ने र नयाँ गन्तव्यमा उडानको ब्यवस्थापन गर्न एयरलाइन्स कम्पनिहरुसँग संयोजन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो ।

Back to top button